भारतमा मास्क नलगाई हिँड्नेलाई ५० देखि १ लाखसम्म जरिवाना

एजेन्सी । नोवेल कोरोना भाइरस (कोभिड १९)को संक्रमणबाट जोगिन भारतमा कडाई गरिएको छ । मास्क नलगाउनेलाई भारतीय रुपैयाँ ५० देखि एक लाखसम्मको जरिवाना तोकिएको छ ।

कोरोनाको संक्रमण दिनदिनै तीव्ररुपमा फैलिएपछि भारतका विभिन्न राज्यमा यस्तो जरिवाना तोकिएको हो । मास्क नलगाई बाहिर हिँड्नेलाई बंगालमा ५० भारतीय रुपैयाँ, दिल्ली र महाराष्ट्रमा एक हजार भारतीय रुपैयाँ र झारखण्डमा एक लाख रुपैयाँसम्म जरिवाना तोकिएको त्यहाँका सञ्चारमाध्यमहरुले जनाएका छन् ।

भारतीय संचार माध्यम दैनिक भास्करका अनुसार झारखण्डमा जरिवानासँगै जेल सजायसम्म हुनसक्ने गरी आदेश जारी गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *