ढुंगाले लागेर राप्तीमा चेपाङ बालिकाको मृत्यु
२०७७ साउन ९ गते

चितवन । चितवनको राप्ती नगरपालिकामा ढुंगाले लागेर शुक्रबार एक बालिकाको मृत्यु भएको छ । राप्ती नगरपालिका वडा नम्बर १३ चेउदिङ्गकी १२ वर्षिया सपना प्रजाको पहाडको माथिबाट ढुंगा खसेर लाग्दा शुक्रबार मृत्यु भएको हो ।
सपना राप्ती १३ की वडा सदस्य सुमित्रा माया प्रजाकी छोरी हुन् । उनी घाँस काट्न जाँदा माथिबाट खसेको ढुंगाले लागेर घटनास्थलमै मृत्यु भएको राप्ती नगरपालिका मेयर प्रभा बरालले जानकारी दिइन् ।
वडा सदस्य प्रजाकी छोरीको सो घटनामा परि मृत्यु भएकोमा राप्ती नगरपालिकाले दुःख व्यक्त गर्दै समवेदना प्रकट गरेको छ ।
२०७७ साउन ९ गते
प्रतिक्रिया
सम्बन्धित








