सर्वोच्चको फैसलाविरुद्ध पुनरावलोकन निवेदन दर्ता

काठमाडौं । पत्नी हत्या गरी ८ वर्षको थुनुवा जीवन बिताएर बिहीबार (आज) थुनामुक्त भएका सशस्त्र प्रहरीका पूर्व डीआइजी रञ्जन कोइरालालाई सजाय छुट दिने सर्वोच्च अदालतको फैसलाविरुद्ध पुनरावलोकन निवेदन दर्ता भएको छ ।

महान्यायाधिवक्ताको कार्यालयले फैसला पुनरावलोकनका लागि सर्वोच्चमा निवेदन दिने निर्णय गरे अनुसार नै पुनरावलोकनको माग गर्दै सरकारी वकिलले निवेदन दर्ता गराएका हुन् ।

प्रधान न्यायाधीश चोलेन्द्र शमसेर जबरा र न्यायाधीश तेजबहादुर केसीको संयुक्त इजलासले पूर्व डीआइजी कोइरालालाई यसअघिको सर्वस्वसहित जन्मकैदको फैसला उल्ट्याई आठ वर्ष सजाय कायम गरेको थियो ।

सोही फैसलाले कोइराला आजै थुनामुक्त भएका थिए । सर्वोच्‍च अदालतको फैसला चित्त नबुझे पुनरावलोकनमा जाने व्यवस्था छ । सोही व्यवस्था अनुसार महान्यायाधिवक्ताको कार्यालयले सजाय छुट दिने फैसला र कानुनी व्यवस्थामा चित्त नबुझेपछि पुनरावलोकनमा जाने निर्णय गरेको हो ।

कोइरालाले पत्नी गीता ढकालको हत्या गरि बोरामा राखेर टिस्टुङमा लगेर जलाएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *