मोरङमा झुण्डिएको अवस्थामा फेला परे ५६ वर्षीय पुरुष
२०७७ साउन ८ गते

धरान । मोरङमा एक पुरुष झुण्डिएको अवस्थामा फेला परेका छन् । केराबारी–५ मोरङका ५६ वर्षिय सन्तविर तामाङ बिहीबार बिहान आफ्नै घरमा झुण्डिएको अवस्थामा फेला परेको उनका छोरा सनम तामाङले जानकारी दिए ।
सनमका अनुसार उनको शव अहिले पोष्टमार्टमका लागि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको शव गृहमा राखिएको छ । उनको आज नै अन्त्येष्टि गरिनेछ । मृतक तामाङको एक श्रीमती र दुई छोरा छन् ।
सन्तविरले आत्महत्या गरेको आशंका गरिएको छ । के कारणले आत्महत्या गरेका हुन् भन्ने कुरा खुल्न सकेको छैन ।
घटनाबारे थप अनुसन्धान भइरहेको छ ।
२०७७ साउन ८ गते
प्रतिक्रिया
सम्बन्धित








