मातापिताको हत्या गर्ने दुई तालीवानीलाई मार्ने किशोरीलाई ‘बहादुर’ नारी भन्दै प्रशंशा

काठमाडौं । आफ्ना मातापिताको हत्या गर्ने दुई तालीवानीलाई भक्लक्लै ढालिएकी एक किशोरीका पक्षमा सर्वत्र प्रशंशा भएको छ ।

अफगानिस्तानकी ती किशोरी यतिबेला सामाजिक सञ्जालमा ‘नायक’को रुपमा प्रशंशित भएकी छन्। गत साता आफ्ना बाआमाको हत्या गर्ने दुई जना तालिवानीलाई मारिदिए पछि किशोरीलाई ‘बहादुर’ नारीको रुपमा चर्चा भइरहेको छ ।

अहिले उनी सामाजिक सञ्जाल र अन्तर्राष्ट्रिय मिडियामा छाएकी छन्। उनलाई सामाजिक सञ्जालमा ‘बहादुर’को संज्ञा दिइएको छ। हातमा बन्दुक बोकेकी किशोरीको तस्बिर सामाजिक सञ्जालमा भाइरल भएको छ ।

अफगानिस्तान अधिकारीका अनुसार अनुसार ती किशोरीले एके ४७ बन्दुक हातमा समातिन् र उनको घरमा आएका दुई जना आक्रमणकारीलाई एकै पटक मारिन्। उनको आक्रमणबाट धेरै जना तालिवानी घाइतेसमेत भएका छन्।

ती किशोरीका बुवा सरकार समर्थक भएकाले तालीवानीहरु उनलाई मार्न घरमा आएका थिए । तालीवानी लडाकू मार्ने किशोरीको नाम कमर गुल भएको इन्डियन एक्सप्रेसले जनाएको छ ।

उनको बुबा गाउँका प्रमुख थिए। स्थानीय प्रहरी प्रमुख हबीबुरामान्मान मालेकजादाका अनुसार उनको पत्नीले प्रतिरोध गरेपछि तालिबानी आतंककारीहरूले उक्त दम्पतीलाई उनीहरूको घरबाहिर नै मारिदिएका थिए।

किशोरीले आफ्ना दुई तालीवानी मारिदिएपछि तालीवानी समूह उनको घरमा आक्रमण गर्न फेरि आयो। तर उनीहरुलाई गाउँले र सरकार समर्थकहरुले लखेटेका थिए।

उनी १४ देखि १६ उमेरकी छिन्, उनको भाइलाई सुरक्षित स्थानमा सारिएको छ। सामाजिक सञ्जालमा भने मानिसहरुले किशोरीको लागि प्रार्थना गरिरहेका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *