कामनाले यातायात व्यवसायीलाई ब्याजमा दियो भारी छुट, बन्दको मारमा परेकालाई राहत

काठमाडौं । कामना सेवा विकास बैंकले यातायात व्यवसायीलाई साउन महिनाको ब्याजमा भारी छुट दिएको छ । बैंकले कोभिड–१९ को कारण देशको समग्र अर्थ व्यवस्था नराम्रोसँग प्रभावित भएको अवस्थामा व्यावसायिक प्रयोजनको लागि हायर पर्चेज कर्जा सुविधालिई व्यवसाय गर्दै आएका ग्राहकलाई व्याजमा भारी छुट दिने योजना लिएको हो ।

विशेष गरी कोरोनाका कारण भएको लकडाउनका कारण यातायात व्यवसाय सबैभन्दा बढि प्रभावित भएको हुंदा व्यावसायिक प्रयोजनको लागि हायर पर्चेज कर्जा सुविधा लिई व्यवसाय गर्दै आएका ग्राहकलाई विशेष राहत दिने उद्देश्यका साथ ब्याजमा भारी छुटको योजना ल्याइएको बैंकले जनाएको छ ।

उक्त योजना अन्र्तरगत यस्ता कर्जा लिएका ग्राहकले यहिँ असार मसान्तसम्मको चुक्ता भुक्तान गर्न बाँकी साँवा र ब्याज साउन २० गते सम्म भुक्तानी गरेको खण्डमा श्रावण महिनाको ब्याज रकममा ५० प्रतिशतले छुट दिने योजना सार्वजनिक गरेको छ ।

साथै, असार महिनासम्मको साँवा तथा ब्याज असार महिना भित्रै भुक्तानी गरेका ऋणीले समेत यो योजनाबाट फाइदा लिन सक्ने छन् । यो योजनाले यातायात व्यवसायीलाई अधिकतम लाभ पु¥याई व्यवसाय सञ्चालनमा थप सहजता पु¥याउने समेत बैंकले विश्वास लिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *