सुदूरपश्चिमका २ हजारभन्दा बढी कोरोना संक्रमित निको भएर घर फर्किए

काठमाडौं । सुदूरपश्चिमका कुल कोरोना संक्रमितमध्ये आधाभन्दा बढि निको भएर घर फर्किएका छन् । नौंवटै जिल्लाका विभिन्न अस्पताल र स्थानीय तहमा बनाईएका आईसोलेसनबाट २ हजार २ सय २ संक्रमित डिस्चार्ज भएका हुन् ।

अहिलेसम्म सबैभन्दा बढि डोटीका ५ सय ३५, अछामका ५ सय ९, कञ्चनपुरका ४ सय ८२, डडेल्धुराका २ सय ६७ र बैतडीका २ सय ५२ जनाले कोरोना जितेको प्रदेशको सामाजिक विकास मन्त्रालयको स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र कार्कीले जानकारी दिए । उनका अनुसार कैलालीका १ सय ३८, बझाङबाट ८७, दार्चुलाबाट १३ र बाजुराबाट २ जना संक्रमितलाई डिस्चार्ज गरिएको छ ।

सुदूरपश्चिम प्रदेशका ५७ संक्रमितको विभिन्न अस्पतालमा उपचार भईरहेको छ भने बाँकी १ हजार ८ सय ६० जनाको स्थानीय तहको आईसोलेसनमा उपचार भईरहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सुदूरपश्चिममा १ हजार ९ सय १७ वटा एक्टिभ केस रहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *