नारायणगढ मुग्लिन सडक पुन अवरुद्ध, यात्रा नगर्न अनुरोध

चितवन । पहिरोले अबरुद्ध भएको करिब ३६ घण्टापछि सुचारु भएको नारायणगढ मुग्लिन सडक खण्ड पुन अबरुद्ध भएको छ । सोमबार बिहान करिब ५ बजेतिर चार किलो नजिक खसेको पहिरोले अबरुद्ध सडक खण्ड बेलुका ५ बजेतिर एकतर्फी सुचारु भएको थियो ।

सडक खुलेको चार घण्टामा नै पन्ध्र किलो नजिक ठुलो पहिरो खसेर सडक पुर्ण रुपमा अबरुद्ध भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रहरी निरीक्षक दयाकृष्ण भट्टले जानकारी दिए ।

माथिबाट ढुङ्गा खसिरहेकोले अहिले पहिरो हटाएर सडक सुचारु गराउने संभावना न्यून रहेकोले उक्त सडकखण्डमा यात्रा नगर्न प्रहरीले अनुरोध गरेको छ । दुइदिन देखि अविरल परेकाे भारी वर्षाले देशका विभिन्न राजमार्गहरू अवरूद्ध भएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *