साउन १५ देखि होटल-रेस्टुराँ खुल्न दिइने, स्कुल भर्ना भदौ १ गतेबाट

काठमाडौं । सरकारले साउन १५ गतेदेखि होटल तथा रेष्टुराँहरु खोल्न दिने भएको छ ।

मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै सोमबार बसेको मन्त्रिपरिषद् बैठकले साउन १५ देखि होटल तथा रेस्टुराँ खोल्ने निर्णय गरेको सरकारका प्रवक्ता डा. युवराज खतिवडाले जानकारी दिए । सामुहिक भोज, सेमिनार, बैठक भने गर्न पाइने छैन । व्यवसायीहरूले स्वास्थ्य मापदण्डहरु पालना गर्नुपर्नेछ ।

त्यस्तै स्कुल भर्ना भदौ १ गतेदेखि लिन सकिने उनले जानकारी दिए । भर्ना खुला भएपनि विद्यालय भने अर्को सूचना नआएसम्म खुल्ने छैनन् । त्यस्तै खेलकुद लगायतका क्रियाकलाप पनि भदौ १ गतेदेखि सञ्चालन गर्न सकिने निर्णय भएको उनले जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − seven =