साउन ८ गतेदेखि सार्वजनिक यातायात चल्ने

काठमाडौं । साउन ८ गतेदेखि सार्वजनिक यातायात सञ्चालनमा आउने भएको छ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ र यातायात मजदुरको ट्रेड युनियनले संयुक्त पत्रकार सम्मेलन गरी साउन ८ गतेदेखि सार्वजनिक यातायात सञ्चालन गर्ने घोषणा गरेका हुन् ।

महासंघले आफू आवद्ध सबै यातायात कम्पनीलाई यातायात सञ्चालन गर्न आह्वान गरेको बताएको छ । सरकारले असार २६ गतेदेखि नै काठमाडौं उपत्यकाभित्र र अन्य ठाउँमा सम्बन्धित जिल्लाभित्र सार्वजनिक यातायात सञ्चालन गर्ने निर्णय गरेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *