सिटिजन्स बैंकद्वारा बालविकास समाजलाई १ लाख ५० हजार आर्थिक सहयोग

काठमाडौं । सिटिजन्स बैंकले बालविकास समाजलाई एक लाख पचास हजार आर्थिक सहयोग गरेको छ । बैंकले करिव २८ वर्ष देखि बालअधिकारबाट वन्चित नेपाली बालबालिकाको चौतर्फी विकास गर्ने उदेश्यका साथ स्थापित बालविकास समाजलाई संस्थागत सामाजिक उत्तर दायित्व कार्यक्रम अन्तर्गत रू १ लाख ५० हजारको आर्थिक सहयोग उपलब्ध गराएको हो ।

बैंकले एक कार्यक्रमकाबीच सो संस्थालाई रू एक लाख पचास हजारको चेक हस्तान्तरण गरेको छ । उक्त रकमबाट १५ जना गरिब तथा जेहन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिने कुरा सो संस्थाले जानकारी दिएको छ ।

बिगत ९ वर्षदेखि बैंकले आफ्नो वार्षिक कार्यतालिका अनुरुप सामाजिक रूपान्तरणका लागि कार्य गर्ने बालविकास समाजलाई आर्थिक सहयोग उपलब्ध गराउँदै आएको छ ।

बैंकले संस्थागत सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत सामाजिक,  आर्थिक, सांस्कृतिक,  शैक्षिक आदि जस्ता क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउनका निम्ति विभिन्न कार्यक्रम संचालन गर्ने जानकारी दिएको छ ।

कोरोना भाइरसको रोकथामका लागि सरकारले घोषणा गरेको ‘कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण कोष’मा बैंकले प्रत्येक प्रदेश सरकार अन्तर्गतको कोषमा रु ७ लाखका दरले रु ४९ लाख तथा विभिन्न स्थानीय निकायमा खडा गरिएको कोषमा करिव रु ६ लाख तथा विभिन्न संघ संस्थालाई रु ६ लाख गरी हालसम्म कूल रु ६१ लाखको सहयोग गरेको छ ।

बैंकले १०९ वटा शाखा, ९८ वटा ए.टि.एम. र १०४ वटा शाखा रहित बैंकिङ्ग एकाईहरुबाट करिव साढे ६ लाख ग्राहकलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *