ग्लोकल स्कूलद्वारा अनलाइन लर्निङ्ग फेस्टिवल २०२० को लागि आवेदन आह्वान

काठमाडौं । ग्लोकल आफ्टर स्कूलले काठमाडौं वर्लड स्कुलको सहयोगमा अनलाईन लर्निङ्ग फेस्टिवल २०२० को लागि आवेदन आह्वान गरेको छ । एसईई विद्यार्थीहरूलाई लक्षित गर्दै एक हप्ता लामो अनलाईन लर्निङ्ग फेस्टिवल २०२० को लागि आवेदन आह्वान गरिएकाे हाे ।

कार्यक्रमको उद्देश्य सबै एसईई विद्यार्थीहरूलाई एक छाता अन्तर्गत एकीकृत गरी उनीहरूमा उत्साह, रचनात्मकता र उर्जाको उत्थानको लागि महत्वपूर्ण भूमिका निर्वाह गर्नु रहेको बताइएकाे छ । यसमा किशोर किशोरीहरुले निःशुल्क भाग लिन पाउने छन् । अनलाईन लर्निङ्ग फेस्टिवलले किशोर किशोरीहरुका लागि सिपका बारेमा अन्वेषण गर्न, आफु संलग्न हुन एवम् ज्ञान हाँसिल गर्न सहयोग पुर्याउने आयाेजककाे विश्वास छ ।

यस फेस्टिवल अन्तर्गत उनिहरुले विभिन्न सिप आधारीत कार्यशाला, प्रतियोगिता, क्यारियर मार्गदर्शन सत्र, इन्स्पिरेसनल फिल्म स्क्रीनिंग डिस्कसन जस्ता बिभिन्न गतिविधिहरुमा निःशुल्क भाग लिन पाउनेछन् । यसमा विद्यार्थीहरुले पैसा खर्च, यात्रा वा अन्य तनावहरू विनानै आफ्नो मनपरेको विधामा संलग्न हुन पाउनेछन् ।

यस कार्यक्रम जुलाई २९ गते सुरु हुनेछ र प्रतियोगिताका बिजेताहरुको घोषणा सँगै अगस्ट ३ तारिकका दिन समापन हुनेछ, सहाभागिताका लागि आवेदन भने २० जुलाई २०२० वाटै शुरु भएको छ । यस कार्यक्रम मार्फत उनिहरुले सिपका महत्व एवम यसका आयमहरुलाई अझै विस्तृत रुपमा जानकारी प्राप्त गर्न सक्नेछन ।

महोत्सवका गतिविधिहरूलाई चार भागमा विभाजन गरिएको छ । विद्यार्थीहरूले आफ्नो इक्ष्या अनुरुप भाग लिन पाउनेछन् । किशोर किशोरीहरूलाई रचनात्मक कार्यमा संलग्न गराउन, लेखन र चित्रकला प्रतियोगिता स उनिहरुको भविष्य र क्यारियर निर्णयहरू लिन मद्दत गर्न प्रेरणादायक क्यारियर मार्गदर्शन, उनीहरूको अवलोकन, आलोचनात्मक र विश्लेषणात्मक सीप विकास गर्न फिल्म स्क्रीनिंग सेसनहरू र अनलाइन सुरक्षा, किशोर सशक्तिकरण र स्पेअकिङ कार्यशाला जस्ता रोचक कार्यक्रम रहेका छन् ।

प्रतियोगिताका बिजेताहरुले नगद पुरस्कार का साथसाथै कक्षा ११ र १२ मा ७५५ सम्मको छात्रवृत्ति प्राप्त गर्न सक्नेछन् । यी सम्पूर्ण विधाहरुका लागि आवेदन आह्ववान गरिएको छ । यसका लागि इच्छुक प्रतियोगीहरुले https://glocalafterschool.com/kws-school-festival/ मा गई दर्ता गराउनू पर्नेछ ।

यस्ताे छ कार्यतालिकाः

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen − six =