राप्तिको बाढीमा बेपत्ता राजुकाे शव भेटियो

चितवन । राप्ती नदिमा आएको बाढिमा परेर बेपत्ता भएका एक जनाको शव फेला परेको छ ।

खैरहनी नगरपालिका ११ कुमरठ्ठाका २८/२९ वर्षीय राजु बोटेलाई सोमबार बाढीले बगाउँदा बेपत्ता भएका थिए । सोमबार अपरान्ह ५ बजेतिर बेपत्ता भएका बोटेको शव मंगलबार बिहान फेला परेको इलाका प्रहरी कार्यालय खैरहनीका प्रहरी निरीक्षक ऋषिराम घर्ती मगरले जानकारी दिए ।

खैरहनी १३ सिम्रेनीघाटको नदि किनारमा उनको शव फेला परेको थियो । बोटे बेपत्ता भएको स्थान लामाघाट भन्दा करिब ५ किलो मिटर तल शव भेटिएको प्रहरी निरीक्षक मगरले बताए । साथीहरूसँग माछा मार्न गएका उनलाई बाढीले बगाएको थियो । प्रहरी र स्थानीयबासीहरु बिहानैदेखि बेपत्ता भएका बोटेको खोजीमा जुटेका थिए ।

यसअघि सोमबार बेलुका पनि नेपाल आर्मी,  शसस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयबासीले खोजी गरेपनि अँध्यारो भएका कारण भेट्न मुश्किल परेकाे थियाे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven + 12 =