उपत्यकामा नदीको पानी बस्तीसम्म पुग्नसक्छ, सतर्क रहौं !

काठमाडौं । भारी वर्षाका कारण काठमाडौं उपत्यकाका नदी तथा खोलामा पानीको बहाव बढेको छ । नदीमा पानीको बहाव खतरा असपास रहेको र सडक तथा बस्तीमा बाढी पस्नसक्ने जोखिम बढेको हो ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार पछिल्लो ६ घण्टामा काठमाडौं उपत्यकाको धेरै स्थानमा भारी बर्षा मापन गरिएको छ । मनोहरा, हुनमन्ते, नख्खु लगायत ललितपुर र भक्तपुर भएर बग्ने प्रायसबै नदीमा बहाव खतरा नजिक छ ।

त्यस आसपासकाम बस्तीमा बाढी पस्नसक्ने भएकाले सतर्क रहन महाशाखाले अनुरोध गरेको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − five =