अध्ययनको पुष्टि : ‘कोभिड १९ छ प्रकारको हुन्छ’

एजेन्सी । पछिल्लो एक अध्ययनले नोवेल कोरोना भाइरस (कोभिड १९) ६ प्रकारको हुने पत्ता लगाएको छ ।

यी सबैका फरक–फरक लक्षण हुने पनि अध्ययनमा देखिएको छ । यही आधारमा कुन बिरामीलाई भाइरसबाट कति खतरा छ र उसलाई कुनै औषधि दिनुपर्छ भन्ने यकिन गर्न सकिन्छ ।

लन्डनको किङ्स कलेजले ‘कोभिड सिम्प्टम एप’को मद्दतबाट कुन बिरामीलाई अस्पताल भर्ना गर्न जरुरी छ भन्ने कुरा यकिन हुने पनि बताएको छ । यो अध्ययनको ‘पियर रिभ्यु’ भने हुन बाँकी रहेको बताइएको छ ।

विशेषज्ञहरूका अनुसार यो एपको मद्दतबाट बिरामीको स्तरीय उपचार हुन सक्नुका साथै कोरोनाको दोस्रो ‘वेभ’ आउने अवस्थामा इन्फेक्सनबाट समेत बचाउन सकिन्छ ।

लगातार खोकी, ज्वरो तथा गन्ध थाहा नपाउनुका साथै टाउको दुख्ने र पखाला पनि यसका लक्षण हुन् । अनुसन्धाताहरूले यसबारे अध्ययन गरेर कोरोनाका लक्षण पनि फरकफरक हुने पत्ता लगाएका हुन् ।

यो तथ्य पत्ता लगाउन गत अप्रिलमा अमेरिका र बेलायतका १६ सय बिरामीको तथ्याङ्क संकलन पारिएको थियो । सोही अध्ययनबाट कोभिड–१९, ६ प्रकारका हुने र त्यसको लक्षण पनि फरकफरक हुने पत्ता लागेको हो ।

बिरामीको अवस्था विस्तारै गम्भीर बन्दै जान्छ । कुनै लक्षणमा ज्वरो हुँदैन, कुनैमा उच्च ज्वरो आउँछ । पखाला, थकान तथा स्वासप्रस्वाससँग सम्बन्धित समस्या अलगअलग कारणबाट हुन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *