दुर्गेशको ‘बेसार’ गीत ट्रेन्डिङ्ग नं. ४ मा [भिडियोसहित]

काठमाडौं । दुर्गेश थापाको नयाँ तीज गीत ‘बेसार’ बिच्च बिच्चमा ३ बजारमा आएको छ । गत शनिबार सार्वजनिक ‘बेसार’ गीतले अहिले ट्रेन्डिङ्गको ४ नं.मा प्रवेश गरेको छ ।

उक्त गीतमा कोरोना भाइरस महामारी र लकडाउनबीच देशमा घटेका घटना, सीमा विवाद, जातीय कारणले निम्त्याएको रुकुम हत्याकाण्ड, भ्रष्टाचारसम्मका विषयवस्तुलाई समावेश गरी सरकारले उक्त विषयप्रति देखाएको चासो, प्रतिक्रियामा गीतले प्रश्न उठाएको छ ।

लोकप्रिय संगीतकार बसन्त थापाको शब्द र संगीतमा तयार भएको यो गीतले पछिल्लो समय खुबै चर्चा कमाएको छ । सामाजिक राजनीतिक मुद्दालाई व्यंग्यात्मक शैलीमा गाइएको यस गीतका गायक दुर्गेश थापाको ‘बिच्च बिच्चमा’ गत वर्षको चर्चित गीत हो ।

यो वर्ष उनले त्यहीँ चर्चित गीतको लयमा नयाँ शब्द थपेर दुई वटा गीत सार्वजनिक गरिसकिएको छ । गीतको भिडियोमा समेत केही फरक परिवेश देख्न सकिन्छ । भिडियोमा दुर्गेश थापासँगै चिरञ्जिवी सापकोटा, काजिस श्रेष्ठ, जीवन सहानी क्षेत्री, लोमस शर्मा, सन्तोष बानियाँ र प्रेम खड्कालाई महिलाको पहिरनमा पनि देख्न सकिन्छ ।

उक्त गीतमा काजिस श्रेष्ठको निर्देशन र कोरियोग्राफी रहेको छ भने अर्जुन तिवारीको टोलीको सिनेमाटोग्राफी रहेको छ । मिलन विश्वकर्माले सम्पादन गरेका छन् ।

भिडियो यहाँ हेर्नुस्ः

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *