काठमाडौंको कागेश्वरीमा पहिरोले पुरेर एक जनाको मृत्यु

काठमाडौं । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकामा पहिरोले पुरिएर एक जनाको मृत्यु भएको छ । नगरपालिकाको वडा नम्बर १ गागलफेदीमा पहिरोले पुरिएर २२ वर्षीय नवराज गुरुङको मृत्यु भएको हो ।

महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी राजकुमार केसीका अनुसार मृतक गुरुङ र उनकी आमासहित अन्य व्यक्ति बाहिर निस्किएका वेला खुला ठाउँमा पहिरो गएको हो । आइतबार साँझ पहिरोमा पुरिएका नवराजको शव पोष्टमार्टमका लागी त्रिवि शिक्षण अस्पता महराजगञ्जमा राखिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 − 1 =