साँफे-मार्तडी सडकको ‘ताप्रिसेरा’ पक्की बाढीले बगायो

काठमाडौं । वर्षासँगै आएको बाढीले बाजुराको ताप्रिसेराको पक्की पुल बगाएको छ । साँफे मार्तडी सडकखण्ड अन्तर्गत बाजुराको बुढीगंगा नगरपालिका वडा नम्बर २ को ताप्रिसेरा घट्टेखोलामा रहेको पक्की पुल बाढीले बगाएको हो ।

पक्की पुल बगाएपछि आवागमन पूर्ण रुपमा बन्द भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख प्रहरी नायव उपरीक्षक टकंप्रसाद भट्टराईले बताए । साँफे मार्तडी सडक खण्डको डुङग्रीमा २ साता अघि गएको पहिरोले सडक समेत भाँसिएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *