मौद्रिक नीतिले गर्‍यो यातायात व्यवसायीको मागको सम्बोधन : ७ श्रावणबाट यातायात सञ्चालन

काठमाडौं । यातायात व्यवसायीले मौद्रिक नीतिको स्वागत गर्दै यातायात सञ्चालनमा ल्याउने भएका छन् ।

मौद्रिक नीतिमा कर्जा तिर्ने समय थप भएसँगै यातायात व्यवसायीले श्रावण ७ गतेबाट यातायात सञ्चालनमा ल्याउन बताएका हुन् ।

सरकारले छोटो दूरीमा यातायात सञ्चालन गर्न दिने निणर्य गरे पनि कर्जा तिर्ने समय नसारेका कारण व्यवसायीले गाडी नचलाउने बताउँदै आएका थिए ।

शुक्रबार राष्ट्र बैंकले जारी गरेको मौद्रिक नीतिमा कोरोनाको महामारी प्रभावित व्यवसायीलाई ६ महिनादेखि १ वर्षसम्म किस्ता तिर्ने समय थप गरेको छ । यातायात व्यवसायी राष्ट्रिय महासंघले मौद्रिक नीति आफूहरुको माग अनुसार आएको जनाएको छ ।

“झ्वाट्ट हेर्दा हाम्रो माग सम्बोधन भएको देखिन्छ । अब कार्यविधिले के भन्छ ।” महासंघका अध्यक्ष योगेन्द्र कर्मचार्यले भनेका छन्, ‘यातायात क्षेत्र अति प्रभावित भएकाले १ वर्षभित्र कर्जा तिर्ने समय थप्छ कि भन्ने छ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *