श्रीमतीको घाँटी थिची हत्या गर्ने सशस्त्रका तत्कालीन डीआइजी कोइराला सर्वोच्चको नजरमा पनि ‘दोषी’

काठमाडौं । श्रीमतीको हत्यामा संलग्न आरोपमा सशस्त्रका तत्कालीन डीआइजी रञ्जन कोइरालालाई सर्वोच्च अदालतले दोषी ठहर गरेको छ ।

प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणा र तेजबहादुर केसीको इजलाशले कोइरालाको मुद्दामा फैसला सुनाएको हो ।

गत १५ असारमा भएको फैसलामा सर्वोच्चले जिल्ला र उच्च अदालतको फैसला सदर गर्दै कोइरालालाई अपराधबाट उन्मुक्ति दिन नमिल्ने ठहर गरेको थियो ।

विसं २०७३ जेष्ठ २३ गते कोइराला र तारा रेग्मीसहितलाई विपक्षी बनाउँदै सरकारी वकिलको कार्यालयले पुनरावेदन गरेको थियो ।
कोइरालाको हकमा उच्च र जिल्लाले दोषी ठहर गरे पनि प्रेमिका रेग्मीको हकमा फैसला चित्त नबुझेको भन्दै सरकारी पक्ष सर्वोच्च पुगेको थियो ।

२०६८ पौष २७ गते कोइरालाले बूढानीलकण्ठस्थित घरमा श्रीमती गीता ढकाल कोइरालाको घाँटी थिचेर हत्या गरी शव मकवानपुरको टिस्टुङमा जलाएको पाइएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *