नेता भट्टराईको टिप्पणी, ‘अधम मान्छेले सरकार सञ्चालन गरिरहेको छ’

काठमाडौं । जनता समाजवादी पार्टीका नेता तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले आफू पनि नजान्ने अरूको कुरा पनि नसुन्ने ‘अधम’ मान्छेले सरकार चलाइरहेको टिप्पणी गरेका छन् ।

राजधानीमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै नेता भट्टराईले संकटको बेला पनि सत्ताका लागि आन्तरिक किचलो र झगडामा मस्त ‘अधम’ मान्छेले सरकार सञ्चालन गरिरहेको बताएका हुन् ।

उनले जनताको जीवन र देशको अर्थतन्त्रमा खेलबाड भइरहेको पनि बताएका छन् । ‘उत्तम मान्छेले आफ्नै विवेकले बुझ्छ । मध्यम मान्छेले अर्कोले भनेको मान्छ । ‘अधम’ मान्छले आफूले पनि जान्दैन र अर्कोले भनेको पनि मान्दैन । मचाहिँ हाम्रा शासकलाई अधमको कोठीमा राख्न चाहन्छु । किनकि यस्तो संकटको बेलामा शासनसत्तामा बस्ने मान्छेको आफ्नै किचलो र झैझगडा, सत्ताको भागबन्डामा महिनौं बर्बाद गरिरहेको छ । देश र जनताको जीवनमाथि खेलबाड गरिरहेको छ ।’ उनले भने ।

यस्तै उनले सरकारले नीति, कार्यक्रम र बजेटमार्फत् कुनै ठोस कार्यक्रम नल्याएको पनि बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *