नेपाल रेडक्रस र कोका-कोलाद्वारा ७०० भन्दा बढी स्वास्थ्यकर्मीलाई सुरक्षा सामग्री

काठमाडौं । नेपाल रेडक्रस सोसाइटी र कोका-कोला नेपालले कोभिड-१९ महामारीमा खटिएका स्वास्थ्यकर्मी र स्वयंसेवकलाई सुरक्षा सामाग्री प्रदान गरेका छन् ।

कोभिड-१९ को फैलावटलाई कम गर्न अग्रपतिंमा समर्पित रहेर काम गरिरहेका रेडक्रस एम्बुलेन्सका सवारी चालक, रक्तसञ्चार सेवाका प्राविधिकहरु तथा क्वारेन्टिनमा खट्ने स्वयंसेवाहरुको लागि एन नाइन्टिफाइभ मास्क, सुरक्षा बुट र स्यानिटाइजर जस्ता व्यक्तिगत सुरक्षा सामग्रीहरु वितरण गरिएको हो ।

असार १७ गतेबाट शुरु गरिएको वितरण कार्यक्रमको लक्ष्य देशभरका सबै लक्षित स्वास्थ्यकर्मीहरु र स्वयंसेवकहरुमाँझ पुगेर उनीहरुको सुरक्षा अभिवृद्धि गर्नु रहेको कम्पनीले जनाएको छ ।

हालसम्म सुदुरपश्चिमका केहि जिल्ला र प्रदेश १ बाहेक देशभरका सबै जिल्लाका रेडक्रसका अधिकारीहरुलाई सुरक्षा साम्रगीहरु हस्तान्तरण गरिसकेको कम्पनीले जनाएको छ । सबै जिल्लाहरुमा यहि साताभित्र सामाग्री उपलब्ध गराइने जनाएको छ ।

कोका-कोला नेपालका कन्ट्री डाइरेक्टर अम्बुज सिंहले भने, “हाम्रो पार्टनर नेपाल रेडक्रस सोसाइटीका साथ अग्रपतिंमा रहेका सम्पूर्णको स्वास्थ्य र सुरक्षामा सहयोग गर्न सुरक्षा सामग्रीहरु प्रदान गरिरहँदा हामी खुसी छौं ।”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 1 =