स्वास्थ्य मन्त्रालयद्वारा थप एक कोरोना संक्रमितको मृत्यु भएको पुष्टि

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले थप एक जना कोरोना भाइरस (कोभिड १९) संक्रमितको मृत्यु भएको पुष्टि गरेको छ ।

सप्तरीको राजविराज नगरपालिका–१ निवासी एक ७३ वर्षीय पुरुषको मृत्यु भएको मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले शुक्रबारको प्रेस ब्रिफिङका क्रममा पुष्टि गरेका हुन् । प्रवक्ता गौतमका अनुसार कोरोना संक्रमित मृतक मधुमेह तथा मुटु रोगीका बिरामी थिए ।

असार ३१ गते बेलुकी खोकी, ज्वरो र श्वासप्रश्वासमा समस्या आएपछि ती व्यक्ति धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा इमरजेन्सीमा भर्ना भएका थिए । उनको स्वाब संकलन गरी परीक्षण गर्दा कोभिड १९ संक्रमण पुष्टि भएको थियो ।

स्वास्थ्य अवस्था जटिल भएका कारण भेन्टिलेटरमा राखेर उपचार चलिरहेकाे अवस्थामा उपचारकै क्रममा साउन १ गते राति १०ः१५ मा उनकाे मृत्यु भएको हो । याेसँगै काेराेना संक्रमितकाे कुल संख्या ४० पुगेकाे छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *