खैरहनीमा २२२ वटा अपाङ्ग परिचयपत्र वितरण

चितवन । पूर्वी चितवनको खैरहनी नगरपालिकाले हालसम्म २ सय भन्दा बढी अपाङ्ग परिचय पत्र वितरण गरेको छ । नगरपालिकाको महिला तथा बालबालिका शाखा प्रमुख कृष्णकुमारी गुरुङले दिएको जानकारी अनुसार हालसम्म २२२ जनाले अपाङ्ग परिचय पत्र पाएका छन् ।

उनीहरुको स्वास्थ्य र शारिरिक अवस्थाबारे जानकारी प्राप्त भएप्छि चिकित्सकले दिएको रिपोर्ट र नगरपालिकामा गठित समितिको निर्णयपछि त्यस्ता परिचय पत्र दिने गरिएको छ । आर्थिक वर्ष २०७६/७७ सम्म भने २१६ जनाले अपाङ्ग परिचय पत्र पाएका थिए । हालसम्म ४१ जनाले रातो परिचय पत्र प्राप्त गरेको महिला तथा बालबालिका शाखा प्रमुख गुरुङले बताइन् । रातो परिचय पत्र प्राप्त गर्नेलाई पूर्ण अशक्त भनिन्छ । त्यस्तै १०४ जनाले निलो परिचय पत्र, ४४ जनाले पहेँलो परिचय पत्र र ३३ जनाले सेतो परिचय पत्र प्राप्त गरेका छन् ।

शुक्रबार थप ६ जनाले अपाङ्ग परिचय पत्र प्राप्त गरेको महिला तथा बालबालिका शाखा उपप्रमुख विमला रानाभाटले बताइन् । रानाभाटका अनुसार १ जनाले रातो, ४ जनाले निलो र १ जनाले सेतो परिचय पत्र प्राप्त गरेका छन् । रातो परिचय पत्र प्राप्त गर्ने अपाङ्गता भएका व्यक्तिले मासिक ३ हजार र निलो परिचय पत्र प्राप्त गर्नेले १ हजार ६ सय रुपैयाँ सामाजिक सुरक्षा भत्ता पाउँदै आएका छन् । पहेँलो र सेतो परिचय पत्र पाउनेलाई भत्ताको सुविधा छैन तर उनीहरुले स्वास्थ्य उपचार र तीन पांग्रे स्टुकरमा छुट पाउने महिला तथा बालबालिका शाखा प्रमुख गुरुङले जानकारी दिइन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 − 6 =