गर्भावस्थामा कफी पिउन हुन्छ ?

एजेन्सी । जब तपाईँ पहिलो पटक गर्भवती बन्नुहुन्छ,  साथीभाइ, आफन्त, चिकित्सक, पुस्तक र इन्टरनेटमार्फत् धेरै कुरा जान्न र सुन्न सक्नुहुन्छ । तर के गर्ने, के नगर्ने बुझ्न भने मुश्किल पर्छ । जान्नुस् गर्भावस्थामा के नगर्ने, के नखानेः

दुई जनाको लागि खाना

गर्भावस्थामा जति मन लाग्छ खान सकिन्छ भन्ने कुरा गलत हो । पहिलो त्रैमासिकमा विशेषगरी तपाईँ त्यति मात्रै क्यालोरी लिन सक्नुहुन्छ जुन सामान्य अवस्थामा लिँदै आउनुभएको छ ।

तपाईँ आफ्नो क्यालोरी दोस्रो र तेस्रो त्रैमासिकमा बढाउन सक्नुहुन्छ । यसको पछाडि एउटा साधारण तर्क छ– यदि तपाईँ दुई व्यक्तिको आधारमा खानुहुन्छ भने यी दुई व्यक्ति मध्ये एक तपाईं र अर्को बच्चा हो, जसलाई थोरै मात्र क्यालोरी चाहिन्छ । यस्ता केही चीजहरु छन् जुनबाट गर्भावस्थामा टाढै रहनुपर्छ । जस्तो कि चीज, काँचो मासु र काँचो या आधा पाकेको अण्डा ।

कफिसँग रहनुस् टाढा

जब गर्भावस्थाको समयमा कफीको कुरा आउँछ तब विभिन्न किसिमका तर्कहरु सुन्न पाइन्छ । एकथरी भन्छन् कि कफी पिउनु हुँदैन । अर्कोथरी भन्छन् कि थोरै पिउन सकिन्छ ।

२०१५ मा भएको एक अनुसन्धानमा भनिएकाे छ कि एक गर्भवती महिलाले दिनमा २०० एमजी क्याफिन लिन सक्छिन् जुन दुई कप बराबर हो । यो कुरा तपाईँमा निर्भर गर्छ । यदि तपाईँको दिन कफीविना चल्न सक्दैन भने कफी पिउनुस् थाेरै मात्रामा मात्रै । यदि क्याफिनसँग डर लाग्छ भने चिया पिउन सक्नुहुन्छ । यसमा क्याफिन निकै कम हुन्छ ।

कसरत गर्नुहुन्छ कि हुँदैन ?

आफू गर्भवती भएको थाहा पाएपछि महिलाहरुले कसरत गर्नुहुँदैन, मात्र आराम गर्नुपर्छ भन्ने कुरा भ्रम हो । कसरतले हामीलाई फिट र स्वस्थ मात्रै राख्दैन, खुशी पनि राख्छ । साथै बच्चा जन्मिसकेपछि पुरानो आकारमा फर्कन पनि मद्दत पुर्याउँछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *