‘एकताले पूर्णता नपाउँदै शिर्ष नेताहरु आन्तरिक तथा बाह्य चपेटामा किन ?’ नेतृ चौधरीको प्रश्न

काठमाडौं । नेकपा नेतृ भगवती चौधरीले नेकपा एमाले र माओवादी केन्द्रको एकता दुई अध्यक्षबाटै भएको बताउँदै एकताले पूर्णता नपाउँदै शिर्ष नेतृत्वहरु देशी विदेशी बाह्य चपेटामा परेको बताएकी छन् ।

पूर्वराज्यमन्त्री समेत रहेकी नेत्री चौधरीले फेसबूकमा लेख्दै भावनात्मक र संगठनात्मक रुपमा एकताले पूर्णता नपाउँदै नेतृत्वमा देखिएको विवादमा चिन्ता व्यक्त गरेकी छन् ।

उनले दुई शिर्ष नेताहरु मिल्नुको विकल्प समेत नभएको बताउँदै नेताहरुलाई आन्तरिक बाह्य, देशी विदेशी चपेटामा नपर्न आग्रह गरेकी छन् ।

‘नेकपा पार्टी दुई अध्यक्षहरुले एकता गरेको हुन् । एकताले सम्पूर्ण रुपले पुर्णता पाएकै छैन (भावनात्मक र संगठनात्मक) । यसै बेला किन शिर्ष नेतृत्व आन्तरिक बाह्य देशी, विदेशी शक्तीहरुको चपेटामा ?’ नेतृ चौधरीले शिर्षस्थ नेताहरुलाई प्रश्न गरेकी छन् ।

उनले देश, जनता र कार्यकर्ताको लागि शिर्ष नेताहरु मिल्नुको कुनै विकल्प नरहेको जिकिर गरेकी छन् । मुलुकलाई समृद्धिको दिशा तर्फ डोर्याउन नेतृत्वले भूमिका खेल्नुपर्नेमा चौधरीको जोड छ ।

‘तपाईहरु मिल्नुको कुनै बिकल्प छैन, मिल्नै पर्दछ । देश जनता र कार्यकर्ताको यहि आशा छ ।’ चौधरीले भनेकी छन् । पार्टीभित्र देखिएको विवाद मिलाउन अध्यक्षद्वय पुष्पकला दाहाल र केपी शर्मा ओली विच पटकपटक वार्ता भएपनि दुवै आ–आफ्नै अडानमा छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार र पार्टी दुवै चलाउन नसकेको निष्कर्ष निकाल्दै पार्टीको स्थायी कमिटिका बहुमत सदस्यहरुले ओलीको राजिनामा माग्दै आइरहेका छन् ।

तर, प्रधानमन्त्री ओलीले मंसिर ४ गतेको पार्टीको निर्णय अगाडी जान नसकिने बताउँदै पार्टी अध्यक्ष र प्रधानमन्त्री दुवै पदबाट राजिनामा नदिने अडान लिइरहेका छन् ।

ओलीले आफुलाई जवरजस्ती हटाए जेपनि हुन सक्ने सम्मको अभिव्यक्ति दिएपछि शिर्ष नेताहरुसँगको तिक्तता झनै विग्रिएको छ । पछिल्लो समय ओली र दाहाल पक्षविच वान टु वान वार्ता भयो त्यसमा पनि निष्कर्ष निस्किएन ।

हिजो माधबकुमार नेपाल समेतको वार्ता समेत सकारात्मक नभएपछि नेकपाभित्रको आन्तरिक कलहले अझै निरन्तरता पाएको छ । आजै सहमतिका लागि ओली र दाहालविच बालुवाटारमा भएको छलफलले पनि कुनै निष्कर्ष निकाल्न नसकेपछि दुई दिनका लागि स्थायी कमिटिको बैठक स्थगित गरीएको छ भने, भोली दिउसो सचिवालयको बैठक डाकिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *