विश्व नै लागि परेको कोरोना भ्याक्सिन बनाउने काम कहाँ पुग्यो, कहिले आउला ?

काठमाडौं । कोरोना भाइरसको संक्रमण रोक्नका लागि विश्वभर नै भ्याक्सिन निर्माणको प्रयास भइरहेको छ । कोरोना रोक्नका लागि भ्याक्सिन निर्माणमा ८ भन्दा धेरै देश लागि परेका छन् । अहिले कोरोना नियन्त्रण गर्न भ्याक्सिनको खोजीमा १४० वटा संस्थाले काम गरिरहेका छन् ।

कतिपय देशले भने पहिलो र दोस्रो चरणको भ्याक्सिन परिक्षण पुरा गरि अघि बढेको बताएका छन् । पहिलो र दोस्रो चरणको भ्याक्सिन सफल भएको पनि उनीहरूकाे दाबी छ । डब्ल्यूएचओले पनि केही भ्याक्सिनहरु दोस्रो फेजको परीक्षणसमेत सकिएर अघि बढिसकेको जानकारी गराएकाे छ ।

अक्सफोर्ड युनिभर्सिटी, मोडर्ना, एस्ट्राजेनेका, क्यानसिनो, साइनोफार्म समेत आधा दर्जन भ्याक्सिन एडभान्स स्टेजमा पुगिसकेको छ । अक्सफोर्ड युनिभर्सिटी, मोडर्ना, एस्ट्रोजेनेका, क्यानसिनो, साइनोफार्म समेत आधा दर्जनको भ्याक्सिन एडभान्स स्टेजमा छन् ।

कोरोना महामारीले विश्वमा नै संक्रण भइरहेका बेला त्रिभुवन विश्वविद्यालय अन्तर्गतको हेटौँडास्थित वन विज्ञान अध्ययन संस्थानका प्राध्यापक डा. ललितकुमार दासले पनि कोरोना भाइरस निर्मूल गर्ने औषधि तयार गरेको दाबी गरेका थिए । उनले विभिन्न स्वास्थ्यवर्द्धक जडीबुटीको सम्मिश्रणबाट उक्त औषधि निर्माण गरेको दाबी गरेका हुन् । दासले तयार पारेको औषधिमा डब्ल्यूएचओले समेत चासो देखाएको थियो ।

छिमेकी देश भारतमा पनि दुई वटा भ्याक्सिन मानव परीक्षण चरणमा पुगेको छ । यसैबीच आठ वटा देशले गरिरहेको भ्याक्सिन निर्माणले सफलता पाएमा विश्व नै कोरोनाको संक्रमणबाट डाराउनु पर्ने छैन ।

अमेरिकी फर्मा कम्पनी मोडर्ना, अक्सफोर्ड युनिभर्सि, नेसनल इन्स्टिच्युट फर रिसर्च इन ट्युबरक्युलोसिस, मोडर्ना, भारतीय फर्मास्युटिकल्स कम्पनीहरू र चिनियाँ कम्पनी सिनोभाच बायोटेकको इन्एक्टिभेटेड भ्याक्सिन लगायतका देशका कम्पनीहरुले पनि भ्याक्सिन निर्माणको काम गरिरहेका छन् । –एजेन्सीको सहयोगमा

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *