नेकपा स्थायी कमिटी बैठक सातौं पटक स्थगित, ४ गते बस्ने

काठमाडौं । सत्तारुढ दल नेकपाको ३ बजे बस्ते भनिएको स्थायी कमिटी बैठक ४ श्रावणसम्मको लागि स्थगित भएको छ ।

योभन्दा अगाडि बिहान बस्ने भनिएको बैठक ३ बजेका लागि सारिएको थियो । बैठक ३ बजे पनि नबसी पर्सिसम्मको लागि स्थगित गरिएको प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

बिहान बस्ने भनिएको बैठकमा सहभागीको लागि  अधिकांश स्थायी कमिटी सदस्यहरु प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए ।

तर अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले छलफलका लागि समय नपुगेको बताएपछि दिउँसो ३ बजेसम्मका लागि सारिएको थियो ।

स्थायी कमिटी बैठक सरेको यो सातौं पटक हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *