नेकपा स्थायी कमिटी बैठक सरेपछि नेता पाण्डेले भने, ‘लाजैमर्दो’

कामठाडौं । नेकपा स्थायी कमिटी बैठक पटक पटक सरेपछि स्थायी कमिटी सदस्य तथा नेता सुरेन्द्र पाण्डेले असन्तुष्टि व्यक्त गरेका छन् ।

शुक्रबार (आज) ट्वीट् गर्दै नेता पाण्डेले बैठक सरेको सर्यै गर्नु लाजैमर्दो भएको टिप्पणी गरेका हुन् । उनले कति बैठक सरेको भनेर नेतृत्वलाई प्रश्न गरेका छन् ।

‘नेकपा स्थायी कमिटी बैठक ११ बजेबाट ३ बजेलाई सरेछ । अब कति सर्ने हो ? लाजैमर्दो भो अब त ।’ नेकपा स्थायी कमिटी बैठक अहिलेसम्म ६ पटक सरिसकेको छ ।

आज बिहान बस्ने भनिएको बैठक पनि स्थगित भएको छ । अध्यक्षद्वय केपी शर्मा ओली पुष्पकमल दाहाल प्रचण्डले आफूहरुलाई सहमतिको लागि समय अपुग भएको बताएपछि बैठक अपराह्न ४ बजेसम्मको लागि स्थगित गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *