नेकपा अध्यक्षद्वयबीचको भेटको परिणाम शून्य, आज पनि कुरा मिलेन

काठमाडौं । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच आज पनि कुरा मिलेको छैन ।

नेकपा वरिष्ठ नेता माधवकुमार नेपाल तथा नेकपा महासचिव विष्णु पौडेलसहित बसेको बैठक विनानिष्कर्ष सकिएको हो ।

महासचिव पौडेलले सहमतिका लागि प्रयास जारी रहेको भन्दै भोलिसम्मको लागि स्थगित भएको स्थायी कमिटी बैठक जारी रहने पनि बताए ।

पार्टीभित्रको आन्तरिक किचलो चर्किएपछि गत १८ गतेदेखि स्थायी कमिटी बैठक बस्न सकेको छैन । ओली-प्रचण्डबीच भएको दर्जनौं भेटमा सहमति हुन सकको छैन ।

नेताहरुबीच पार्टी एकताअघिको २०७५ जेठ २ मा भएको सहमति अनुसार अघि बढ्ने कि २०७७ मंसिर ५ को सहमतिअनुसार अघि बढ्ने भन्नेमा मतभेद छ ।

प्रचण्डसहतिका नेताहरु जेठ २ को सहमतिअनुसार ओलीले राजीनामा दिनुपर्ने पक्षमा छन् भने ओली मंसिर २ को सहमति अनुसार नै अघि बढ्नुपर्ने बताउँदै आएका छन् ।

जेठ २ मा ५ वर्षे कार्यकालमा आधाआधा समय ओली र प्रचण्डले सरकारको नेतृत्व गर्ने सहमति छ भने मंसिरमा पूरै समय ओलीले सरकारको नेतृत्व गर्ने र पार्टीको एकता महाधिवेसनसम्म प्रचण्डले पार्टी नेतृत्व गर्ने सहमति भएको थियो ।

तर, दुवै सहमतिलाई नयाँ ढंगले व्याख्या गर्दै त्रिपक्षीय सहमतिका आधारमा अघि बढ्नुपर्ने वरिष्ठ नेता नेपाल पक्षको भनाइ छ । नेता नेपालले यसअघि नै एक पद एक जिम्मेवारी लागू गर्नुपर्ने भन्दै सचिवालय बैठकमा नोटअफ डिसेन्ट राख्दै आएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *