सिन्धुपाल्चोकमा पहिरो जाँदा दुई वटा घर पुरिए, केही वेपत्ता

काठमाडौं । गएराति सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–४ फुल्पिङकट्टीमा पहिरोले दुईवटा घर पुरिएका छन् । केहि व्यक्तिहरू वेपत्ता समेत भएका छन् ।

यद्यपि पहिरोमा परि कति क्षति भयो अहिलेसम्म जानकारी प्राप्त भएको छैन । फुङलिङका स्थानीयबासीले पाँच जना बेपत्ता भएको सूचना दिएको गाउँपालिकाकी उपाध्यक्ष दाबुटी शेर्पा लामाले जानकारी गराइन् ।

गएराति करिब साढे १ बजे भएको घटनामा अहिलेसम्म प्रहरी घटनास्थलमा पुगेको छैन ।प्रहरीहरु घटनास्थल जाँदै गरेको र आफूहरु पनि केहीबेरमा घटनास्थल पुग्ने गाउँपालिका अध्यक्ष राजकुमार पौडेलले जनाए ।

उनका अनुसार पहिरोले फुल्पिङकट्टीकै एक स्कुलको कम्पाउन्डमा पनि क्षति पुर्याएको छ ।

बिहीबार बिहानपख २ बजेतिर बलेफी नदी जलबिरे सिन्धुपाल्चोक बाढी मापन केन्द्रमा एक्कासी जलसतह एक मिटर बढेर सतर्कता आसपासको बाढी आएको छ। बाढी बढ्दो क्रममा छ ।

त्यसैले बाढी पूर्वानुमान महाशाखाको बाढी सूचना केन्द्रले सुनकोशीको तटीय क्षेत्रमा हुनेहरूलाई दिउँसोसम्मै सुरक्षित रहन भनेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *