कोरोना भाइरसको अध्ययन गर्न ‘कोभिड १९ अध्ययन केन्द्र(नेकोसाक)’ गठन

काठमाडौं । कोरोना भाइरस(कोभिड १९) को अध्ययन तथा विश्लेषणका लागि कोभिड १९ अध्ययन केन्द्र (नेकोसाक)को गठन गरिएको छ । डा. रविन्द्र पाण्डेको संयोजकत्वमा विश्वका अन्य देशमा कार्यरत नेपाली वैज्ञानिकहरुलाई समेटेर नेकोसाकको गठन गरिएको हो ।

उक्त केन्द्रको उदेश्य कोरोना महामारीको वैज्ञानिक अध्ययन र विश्लेषण गरी तथ्यगत जानकारी दिलाउने रहेको बताइएको छ । विश्वका अन्य देशमा कार्यरत नेपाली वैज्ञानिकलाई समेटेर नेकोसाकको गठन गरिएको हो ।

उक्त समितिमा डा.देवेन्द्र पाण्डे, डा. मानबहादुर रोकाया, डा. दिनेश थापा र डा. विदुर पराजुली सदस्य मनोनित भएका छन् ।

आगामी दिनमा समितिमा रहेका तथा बाहिर भएका अन्य वैज्ञानिकलाई समेत समेटेर जनचेतना प्रवाह गर्ने समितिका संयोजक डा. पाण्डेले बताएका छन् ।

कोभिड – १९ को बारेमा सिर्जित भ्रमलाई निवारण गर्ने र नयाँ तथ्यको प्रवाह गर्ने प्रमुख उद्देश्य रहेको उनको भनाइ छ । यसको कुनै फन्ड नहुने, कसैको फन्ड स्वीकार नगर्ने तथा सत प्रतिशत स्वयंसेवी काम डा. पाण्डेले बताए । उनले स्वयंसेवा गर्न इच्छुक वैज्ञानिकहरुले उक्त समितिमा सहभागी हुन सकिने पनि जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *