महिला पीडित पुरुषले न्याय खोज्न कहाँ जाने ?

काठमाडौं । प्रतिनिधिसभाको महिला तथा समाजिक समितिमा सांसदहरुले पीडित पुरुषहरुले पनि न्याय पाउनुपर्ने माग राखेका छन् । बुधबार बसेको समितिको बैठकमा बोल्दै सांसदहरुले महिला पीडित पुरुषहरुले पनि न्याय पाउनु पर्नेमा जोड दिएका छन् । विशेषगरी विदेशिएका पुरुषहरु बढी महिला पीडित भएको र उनीहरुले न्याय नपाएको भन्दै उनीहरुलाई न्याय दिलाउनुपर्ने सांसदहरुकोे धारणा थियो ।

पीडित पुरुषहरुले न्याय खोज्न कहाँ जाने भन्दै सांसद गंगा चौधरी सत्गौवाले प्रश्न गरेकी थिइन । ‘महिला मात्रै पीडित छैनन् पुरुषहरुपनि पीडित छन्, पुरुषहरुले न्याय खोज्न कहाँ जाने, महिलाले पुरुषमाथि अन्याय गरेका छन्’ उनले भनिन्,‘श्रीमान विदेशमा काम गर्न जाने यहाँ श्रीमतीअर्केसँग घुम्ने भएभरको सम्पत्ति कुम्ल्याउने, विदेशबाट फिर्किँदा नसम्पत्ति, न परिवार, न श्रीमती ।’

यस्तै अर्की सांसद हिरा गुरुङले पनि महिला मात्रै पीडित नभइ पुरुष पनि महिला पीडित रहेको बताउँदै पुरुष र महिला दुबैलाई महिला आयोगले न्याय दिनुपर्नेमा जोड दिइन् । उनले भनिन्,‘महिलामात्रै होइन पुरुष पनि पीडित हुन्छन् । आफ्नो सम्पत्ति, परिवार, घरबार सबै श्रीमतीलाई छोडेर खाडीको गर्मीमा कमाउन जान्छन् । पैसा पठाउँछ । फर्केर आउँदा न सम्पत्ति छ न घरबार, महिला आयोगले दोहोरो भूमिका खेल्नुपर्छ । महिलाका लागिमात्रै हौं भन्नहुन्न’

यस्तै, सांसद नारायणप्रसाद खतिवडाले महिला पीडित पुरुषले न्याय माग्न कहाँ जाने भन्दै प्रश्न गरे ।राष्ट्रिय महिला आयोगकी सचिव शान्ता अधिकारी भट्टराईले पुरुष पनि पीडित हुने भए पनि आफूहरूले कानुनअनुसार पीडित महिलाको मात्रै उजुरी लिन मिल्ने बताइन् । उनले पुरुषहरू सुरुमा आफूमाथि भएको हिंसाको उजुरी कतै नदिने गरेको पनि बताइन् । २०७५ साउनदेखि २०७६ असारसम्म घरेलु हिंसा र महिला हिंसाका १४ सय ७४ घटना भएको सचिव अधिकारी बताउँछिन् । जसमध्ये मानसिक हिंसाका ५ सय ८९ घटना, शारीरिक हिंसाका पीडित महिलाको संख्या ४ सय ५८, आर्थिक हिंसाका २ सय २४ र यौनजन्य हिंसाका ४७ वटा घटना भएको उनले बताइन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *