रामको ससुराली जनकपुरमा प्रधानमन्त्रीविरुद्ध प्रदर्शन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा आलीविरुद्ध जनकपुरधाममा प्रदर्शन भएको छ ।

अयोध्या र रामको विषयमा विवादित अभिव्यक्ति दिएका प्रधानमन्त्री ओलीविरुद्ध बुधबार (आज) जनकपुरमा साधुसन्तसहित सर्वसाधारणहरुले प्रदर्शन गरेका हुन् ।

यस्तै उनीहरुले प्रधानमन्त्री ओलीले आफ्नो अभिव्यक्ति फिर्ता लिनसमेत माग गर्दै धर्म र आस्थाको विषयमा राजनीति गर्न नहुने बताएका छन् ।

“प्रधानमन्त्री ओलीले त्यसरी बोल्नु वैद्धिक तथा सांस्कृतिक रुपमा करोडौं हिन्दुहरुको आस्थामाथि साङ्घातिक हमला गर्नु हो ।” प्रदर्शनको नेतृत्व गरेको हिन्दु परिषद् नेपाल जनकपुर नगर समितिका अध्यक्ष मिथिलेश झाले भने, ‘हामी प्रधानमन्त्रीविरुद्ध आन्दोलन चर्काउनेछौं ।’

यस्तै यता रामनन्दीय वैष्णव संघले पनि प्रधानमन्त्रीको अभिव्यक्तिप्रति आपत्ति जनाएको छ ।

संघले विज्ञप्ति नै जारी गर्दै भगवान् रामको जन्मस्थल भारतको उत्तर प्रदेशस्थित अयोध्या सरयुग नदीको किनारामा रहेको र सीताको जन्म मिथिलाको तत्कालीन राजधानी हालको जनकपुरधाममा भएको उल्लेख गरेको छ ।

यसअघि अयोध्याका सन्तहरुले प्रधानमन्त्री ओलीविरुद्ध आन्दोलन चर्काउने चेतावानी दिएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *