अयोध्या अभिव्यक्तिः प्रधानमन्त्रीविरुद्ध जनकपुरमा प्रदर्शन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको ‘भगवान राम नेपालकै भएको र उनको जन्मस्थल पर्साको ठोरी रहेको’ अभिव्यक्तिपछि जनकपुरमा प्रदर्शन भएको छ ।

प्रधानमन्त्री ओलीले असार २९ गते भानु जयन्तीको अवसरमा भारतले ‘नक्कली अयोध्या’ खडा गरेर साँस्कृतिक तथ्यमाथि अतिक्रमण गरेको आरोप लगाएका थिए । ‘हामी भारतका राजकुमार रामलाई सीता दियौं भन्ने सोचिरहेका छौँ । तर भारतको होइन, अयोध्याका रामलाई दिएका हौं । अयोध्या भनेको वीरगञ्ज भन्दा पश्चिमपट्टीको गाउँ हो’, प्रम ओलीले भनेका थिए ।

हिन्दु धर्मावलम्बीको आस्थामाथि प्रधानमन्त्रीकाे साे अभिव्यक्तिले ठेस पुर्याएको भन्दै आज (बुधबार) हिन्दु परिषद् नेपालले जनकपुरमा प्रदर्शन गरेको हो । प्रदर्शनमा साधुसन्त र युवाहरुको सहभागिता रहेको थियो ।

नगरको विभिन्न भागको परिक्रमा गरी जनकचौकमा कोणासभा परिणत भएको जुलुसमा सहभागीहरुले नेपाल–भारतबीचको सदियौंदेखिको सम्बन्धलाई प्रधानमन्त्रीले कुतर्क गरेर तोड्न खोजेको उनीहरुले आरोप समेत लगाएका छन् ।

प्रधानमन्त्रीकाे अयाेध्या अभिव्यक्तिकाे अहिले चाैतर्फी रूपमा आलाेचना भइरहेकाे छ । सत्तारूढ नेकपाकै नेताहरू पनि प्रधानमन्त्रीले विना प्रमाण बाेलेकाे भन्दै आक्राेशित भएका छन् । छिमेकी मुलुक भारतले पनि यसकाे विराेध जनाइरहेकाे छ । प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रिय अभिव्यक्ति नभएको भन्दै परराष्ट्र मन्त्रालयले पत्र समेत पठाउनु परेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 2 =