विप्लव समूहका पूर्वी कमाण्डर सैन्य इन्चार्ज पक्राउ 

काठमाडौं विप्लव नेतृत्वको नेकपाका पूर्वी कमाण्डर सैन्य इन्चार्ज नन्दबहादुर बोहोरा पक्राउ परेका छन् ।

प्रदेश नं. १ प्रहरीको अनुसन्धान टोली र मोरङ प्रहरीको संयुक्त टोलीले नन्दकिशोर भनिने सैन्य इन्चार्ज बोहोरालाई मोरङको उर्लाबारीबाट बुधबार (आज) पक्राउ गरेको हो ।

मोरङ प्रहरीका अनुसार  कालिकोट फेनेली घर भएका ४० वर्षीय बोहोरा उर्लाबारी नगरपालिका  ३ मंगलबारेमा लुकीछिपी  बस्दै आएका थिए ।

उनको साथबाट पेस्तोल, गोली र अन्य बस्दोबस्तीका सामानहरु बरामद गरिएको प्रहरीले जनाएको छ ।

बोहोराबाट बरामद पेस्तोल तथा बन्दोबस्तीका वस्तुहरु।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *