विश्वभर ७८ लाख ४७ हजारभन्दा धेरै कोरोना संक्रमित निको भए

काठमाडौं । विश्वभर कोरोना भाइरस (कोभिड-१९)को नयाँ संक्रमण र मृत्युदर नघटेपनि यसबाट निको हुने मानिसको संख्या भने बढ्दै गएको छ । आज बिहानसम्म संसारभरका ७८ लाख ४७ हजारभन्दा धेरै मानिस कोरोना निको भएर घर फर्केका छन् ।

कोरोना भाइरससम्बन्धी तथ्यांक अद्यावधिक गरिरहेको साइट वर्ल्डोमिटर्सको पछिल्लो विवरण अनुसार विश्वभर ७८ लाख ४७ हजार २ सय २६ जना कोरोनाबाट निको भएका हुन् । चीनको हु बेई प्रान्तको राजधानी वुहानबाट गत वर्षको डिसेम्बर अन्तिममा फैलिएको कोरोना भाइरस संक्रमणबाट विश्वभर ५ लाख ८१ हजार २२१ जनाले ज्यान गुमाएका छन् । संक्रमितको संख्या १ करोड ३४ लाख ५७ हजार ४५८ छ ।

सबैभन्दा बढी प्रभावित अमेरिकामा बिहानसम्म १ लाख ३९ हजार १४३ जनाको कोरोना संक्रमणबाट ज्यान गएको छ । अहिलेसम्म संक्रमितको संख्या ३५ लाख ५४ हजार ७७ पुगेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ ६५ हजार ५९४ भन्दा धेरैमा संक्रमण पुष्टि भएको छ भने ९३५ जनाले ज्यान गुमाएका छन् ।

अमेरिकापछि सबैभन्दा बढी संक्रमण देखिएको ब्राजिलमा संक्रमितको संख्या १९ लाख ३१ हजार २०४ पुगेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ १ हजार ३४१ जनाको मृत्यु भएसँगै मृत्यु हुनेको संख्या ७४ हजार २६२ पुगेको छ ।

छिमेकी मुलुक भारतमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या २४ हजार ३१५ पुगेको छ । भारतमा पछिल्लो २४ घण्टामा २९ हजार ८४२ जना नयाँ संक्रमित थपिएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 3 =