बाढीले बगाउँदा माडीमा एक जनाको मृत्यु

चितवन । चितवनको माडीमा बाढीले बगाएर एक जनाको मृत्यु भएको छ । स्थानीय रिउ खोलामा आएको बाढीमा परि माडी नगरपालिका ३ का ४० बर्षिया रामसिंह मर्दनियाको मृत्यु भएको हो ।

उनी असार २६ गते बाढीमा परि बेपत्ता भएका थिए ।

बेपत्ता भएका मर्दनियाको शव मङ्गलवार रिउ खोला किनारमा फेला परेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता सूर्य थापाले बताए ।

गाई वस्तु चराउने क्रममा रिउखोलाले बगाई ल्याएको दाउरा झिक्न भनी खोलामा हाम फाली बेपत्ता भएका थिए ।

केही दिन अघि पनि माडिमा बाढीले बगाएर मृत्यु भएका एक जनाको शव फेला परेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 + 11 =