कैँची र काइयो बाेकेर आन्दोलनमा उत्रिए व्यवसायी

काठमाडौं । लकडाउन लम्बिदै जाँदा आफ्नो व्यवसाय धरापमा परेपछि जिविकोपार्जनमा समस्या भएको भन्दै सैलुन व्यसायी आन्दोलनमा उत्रिएका छन् ।

नेपाल नाई ट्रेड युनियनको अगुवाइमा सैलुन सञ्चालक तथा मजदुरहरु मंगलबार माइतीघरमा आफ्नो माग पुरा गर्न सरकारको ध्यानाकर्षण गराउँदै आनदोलनमा उत्रिएका हुन् । सरकारले आफूहरुको माग पुरा नगरेका कारण प्रदर्शन गर्नु परेको उनीहरुको भनाइ छ ।

प्रत्येक सैलुन व्यवसायीलाई लकडाउन अवधिभर प्रतिमहिना २५ हजारका दरले रकम उपलब्ध गराउनुपर्ने उनीहरुको माग छ । साथै उनीहरुले देशभरका नाई श्रमिकलाई तुरुन्त राहतको व्यवस्था हुनुपर्ने, लकडाउन अवधिभर नाई श्रमिकहरुको बैंक ब्याज मिनाह गर्नुपर्ने, लकडाउन अवधिभर नाई श्रमिकहरुको पसल भाडा, कोठा भाडा पूर्ण रुपमा मिनाहा गर्नुपर्ने लगायतका माग पनि उठाएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *