नारायणकाजी श्रेष्ठ ९ लाख घुससहित अख्तियारकाे नियन्त्रणमा
२०७७ असार ३० गते

फाइल फोटो
काठमाडौं । जलस्रोत तथा सिँचाईं विकास डिभिजन कार्यालय दिक्तेल, खोटाङका डिभिजन प्रमुख घुससहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालबाट खटिएको टोलीले डिभिजन प्रमुख नारायणकाजी श्रेष्ठलाई ९ लाख ३४ हजार घुससहित नियन्त्रणमा लिएको हो ।
श्रेष्ठले निर्माणाधिन सिँचाईं परियोजनाको बिल भुक्तानीका लागि सेवाग्राहीसँग घुस/रिसवत माग गरिरहेको भन्ने सूचना एवम् उजुरीको खटिएको अख्तियारको टोलीले घुस लिएको अवस्थामा नियन्त्रणमा लिएको प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।
प्रवक्ता कोइरालाका अनुसार दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ स्थित वेसक्याम्पभित्र रहेको उनकै निवासबाट उक्त घुस रकमसहित रंगेहात नियन्त्रणमा लिइएको हो । थप अनुसन्धान भइरहेको जानकारी दिइएको छ ।
२०७७ असार ३० गते
प्रतिक्रिया
सम्बन्धित








