चन्द्र ढकालद्वारा उद्योग महासंघको वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी घोषणा

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचन नजिकिँदै गर्दा उद्यमी चन्द्र ढकालले महासंघको वरिष्ठ उपाध्यक्षमा उम्मेद्वारी घोषणा गरेका छन् । आज (मंगलबार) बालुवाटारमा एक कार्यक्रमको आयोजना गर्दै उनले प्यानलसहित उम्मेद्वारी घोषाणा गरेका हुन् ।

हाल महासंघको उपाध्यक्ष रहेका ढकालको प्यानलबाट एसोसिएट उपाध्यक्षमा रामचन्द्र संघाई, वस्तुगत उपाध्यक्षमा उमेशलाल श्रेष्ठ, जिल्ला नगर उपाध्यक्षमा गुणनिधि तिवारीले पनि उम्मेदवारी घोषणा गरेका छन् ।

महासंघको अध्यक्षमा शेखर गोल्छा विधानतः अध्यक्ष निश्चित भइसकेको छ । महासंघको विधानमा वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने प्रावधान छ । ढकालले चुनाव जितेर गोल्छाकै टिमको सदस्य हुने पनि बताएका छन् । शेखर गोल्छा अर्को प्यानलमा लागेकाेमा असन्तुष्टि पाेख्दै उनले उनी सबैकाे साझा बन्नुपर्ने धारणा व्यक्त गरे ।

महासंघको चुनावी साधारण सभा आगामी साउन २५ र २६ गते काठमाडौंमा हुँदैछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − six =