सोलुखुम्बुका चार जनाको पीसीआर रिपोर्ट नेगेटिभ

काठमाडौं । हिमाली जिल्ला सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिकाको चार जनाको कोरोना पीसीआर रिपोर्ट नेगेटिभ आएको छ ।

आरडीटी रिपोर्ट पोजेटिभ देखिएको उनीहरु सबैको पीसीआर रिपोर्ट नेगेटिभ देखिएको सोही गाउँपालिकाले जानकारी दिएको छ ।

पासाङल्हामु निकोल निक्की अस्पताल लुक्लामा गत बिहीबार गरिएको आरडीटी परीक्षणको रिपोर्ट पोजेटिभ देखिएपछि उनीहरुको स्वाब संकलन गरी कोरोना परीक्षणका लागि पठाइएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *