पूर्वराजाकाे अपिल ‘प्रकोप र पीडाबाट जनताले मुक्तिको सास फेर्न पाउन्’

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले प्राकृतिक प्रकोपको पीडामा परेको नागरिकहरुप्रति चिन्ता व्यक्त गरेका छन् । शाहले देशभर भइरहेका प्राकृतिक विपद‍्को घटनाबाट आफू दुखी भएको बताउँदै उनले उद्धार, राहत र उपचारमा ध्यान पुर्‍याउन सबैलाई अपिल समेत गरेका छन्।

सोमबार एक विज्ञप्ति जारी गर्दै उनले भनेका छन् ‘शोक, वियोग, ब्यथा र वेदनाको यो स्थितिमा सबैबाट सबैको राहत, उद्धार र उपचार होस्। विनासको यो बेला पर्याप्त सहयोग, सुब्यवस्था तथा निगरानी पुगोस् भन्ने मेरो आग्रह छ ।’ पूर्व राजाले हरेक वर्ष हुने यस्तो विपद्को रोकथाम र सजगताको निम्ति समयमै ध्यान दिन सरकारसँग आग्रह गरेका छन्।

‘प्रतिकूल मौसमी प्रकृतिका कारण उत्पन्न प्रकोप र पीडाबाट जनताले मुक्तिको सास फेर्न पाउन् भन्ने मेरो ईश्वरमा प्रार्थना छ। प्राकृतिक विपदको यो समयमा म शोक सन्तप्त पिडित सबैमा हार्दिक समवेदना व्यक्त गर्दै घाईते भएका सबैको शिध्र स्वास्थ्यलाभको कामना गर्दछु।’ शाहले भनेका छन् ।

यस्तो छ पुर्वराजा ज्ञानेन्द्र शाहले जारी गरेको विज्ञप्ति

यो बर्षको बर्षातको कारण हाम्रो देशको हिमाल, पहाड र तराईका विभिन्न भागमा बाढी, पहिरो र डुबानबाट धेरैले ज्यान गुमाएको, घाईते हुनु परेको, आफ्नो घर, गोठ तथा जायजेथा गुमाउनु परेको र धेरै घरवार विहिन भएको सुन्दा, देख्दा र बुझ्दा म अत्यन्त दुखित भएको छु ।

शोक, वियोग, ब्यथा र वेदनाको यो स्थितिमा सबैबाट सबैको राहत, उद्धार र उपचार होस् । विनासको यो बेला पर्याप्त सहयोग, सुब्यवस्था तथा निगरानी पुगोस् भन्ने मेरो आग्रह छ ।

हाम्रो जस्तो पर्वतीय मुलुकमा बाढी, डुबान र भू–क्षयको जोखिम हरेक बर्ष हुने प्रकृया हो, त्यसैले यसको रोकथाम र सजगताको निम्ति समय मै पर्याप्त ध्यान दिन सके क्षति न्यूनिकरणमा योगदान पुग्नेछ।

प्रतिकूल मौसमी प्रकृतिका कारण उत्पन्न प्रकोप र पीडाबाट जनताले मुक्तिको सास फेर्न पाउन् भन्ने मेरो ईश्वरमा प्रार्थना छ । प्राकृतिक विपदको यो समयमा म शोक सन्तप्त पिडित सबैमा हार्दिक समवेदना व्यक्त गर्दै घाईते भएका सबैको शिध्र स्वास्थ्यलाभको कामना गर्दछु ।
जय नेपाल
२०७७ साल असार २९ गते

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *