नेपाली पोर्न साइट चलाउने एक युवक प्रहरीको फन्दामा

काठमाडौं । नेपाली पोर्न साइट चलाएको [उत्पादन तथा प्रशारण]अरोपमा एक युवक पक्राउ परेका छन् ।

साइट चलाउने २३ वर्षीय सुरज श्रेष्ठलाई सोमबार (आज) गोंगबुबाट पक्राउ गरिएको प्रहरीको साइबर ब्यूरोका सह-निर्देशक नविन्द अर्यालले जानकारी दिए ।

सह-निर्देशक अर्यालका अनुसार उनले विदेशबाट होस्टिङ गरेर नेपाली पोर्टसाइट चलाइरहेका थिए । यद्यपि हाल उक्त साइट बन्द भइसकेको छ ।

एक पीडित युवतीले दिएको उजुरीका आधारमा पक्राउ गरिएको उनलाई विद्युतीय कारोबार ऐनबमोजिम सात दिन हिरासतमा राखेर अनुन्धान थालिनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *