हस्पिटालिटीसम्बन्धी नयाँ प्रोटोकल : अनलाइ प्रशिक्षण सम्पन्न

काठमाडौं । ग्लोकल कम्युनिकेसन र नेपाल पर्यटन बोर्डले संयुक्त रुपमा सञ्चालन गरेका हस्पिटालिटी क्षेत्रको लागि नयाँ प्रोटोकलसम्बन्धीको प्रशिक्षण सम्पन्न भएको छ ।

हस्पिटालिटीसम्बन्धीको ‘सुरक्षा र सरसफाइ प्रोटोकल प्रशिक्षण’ आइतबार (हिजो) सम्पन्न भएको ग्लोकल कम्युनिकेसनले जानकारी दिएको छ । सरसफाइ प्रोटोकलको बारेमा होटल, ट्राभल एण्ड टूरिजम उद्योगका सदस्यहरु सहभागी थिए ।

अनलाइन प्रशिक्षण। तस्वीरः ग्लोकल

उनीहरुमा जागरूकता जगाउने उदेश्यका साथ प्रशिक्षण सञ्चालन गरिएको थियो । प्रशिक्षण होटल, ट्राभल र टूरिजम उद्योगका सदस्यहरूलाई सरसफाइ तथा सुरक्षा प्रोटोकलको बारेमा जानकारी गराउने लक्ष्यका साथ जुलाई २ तारिखबाट शुरु भएको थियो ।

अहिलेको महामारीको अवस्थामा आफ्नो व्यवसायलाई कसरी सञ्चालन गर्न सकिन्छ भन्ने कुरलाई प्रशिक्षणले आफ्नो मुख्य विषयवस्तु बनाएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *