स्वास्थ्य राज्यमन्त्री रावत शहीद गङ्गालाल हृदय केन्द्रमा भर्ना

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री नवराज रावत अस्वस्थ भएपछि बाँसबारीस्थित शहीद गङ्गालाल हृदय केन्द्रमा उपचार गराइरहेका छन् ।

उनको मुटुमा समस्या आएपछि आइतबार मुटुको एन्जीओप्लास्टी (शल्यक्रिया) गरिएको उनको निजी सचिवालय सदस्य भीमराज सिंहले जानकारी दिए ।

उनका अनुसार राज्यमन्त्री रावतको स्वास्थ्यावस्था सुधारोन्मुख छ । केन्द्रका निर्देशक डा।चन्द्रमणि अधिकारी नेतृत्वको टोलीले राज्यमन्त्री रावतको शल्यक्रिया गरेको थियो ।

उपचारपछि आजै राज्यमन्त्री रावतलाई घर पठाइने बताइएको छ । रासस

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *