रुखमा जिप ठाेक्किदा एकको मृत्यु, चार जना घाइते

खस्यौली । रुपन्देहीको कञ्चन गाउँपालिकास्थित फायरलाइनमा बलेरो जिप दुर्घटनामा एक जनाको मृत्यु भएको छ । स्थानीय हरैयाबजारबाट फायरलाइनतर्फ आउँदै गरेको बा१५च ९३८९ नंको बलेरो अनियन्त्रित भई सालको रुखमा ठोक्किएको इलाका प्रहरी कार्यालय रुद्रपुर रुपन्देहीले जनाएको छ ।

सो दुर्घटनामा गम्भीर घाइते तिलोत्तमा नगरपालिका–११ बस्ने करिब ३८ वर्षीय सुरज खड्काको लुम्बिनी प्रादेशिक अस्पतालमा मृत्यु भएको इलाका प्रहरी कार्यालय रुद्रपुर रुपन्देहीका प्रहरी निरीक्षक इन्द्र चौधरीले जानकारी दिए । शनिबार बेलुका भएको सो दुर्घटनामा चार घाइते भएका छन् । रासस

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 5 =