कोरोना संक्रमितको संख्या घट्यो, आज देखिए ७० जना

काठमाडौं । कोभिड–१९ को संक्रमितहरुको संख्या घटेको छ । विगत २४ घण्टामा मुलुकमा कोभिड–१९ को संक्रमित हुनेको संख्या घटेको हो । पछिल्लो २४ घण्टामा ७० जनामा मात्र कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा मुलुकका विभिन्न स्थानहरुमा गरीएको कोरोना परीक्षणमा ७० जनामा कोरोना पोजेटिभ देखिएको छ ।

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा आज ११ जनामा कोरोना पोजेटिभ देखिएको छ । प्रादेशिक जनस्वास्थ्य प्रयोशाला विराटनगरमा ३ जना, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकूमा १४ जना र भरतपुर अञ्चल अस्पतालमा १ जनामा कोरोना संक्रमण देखिएको छ ।

यसैगरी हेटौंडा प्रयोगशालामा २ जना, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा ३ जना, प्रादेशिक जनस्वाथ्य अस्पताल पोखरामा १२ जना, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा २ जना, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा १ जनामा कोरोना संक्रमिण पुष्टि भएको छ ।

यता भेरी अञ्चल अस्पताल नेपालगञ्जमा ६ जना, राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ३ जना, चौरजहारी नगरपालिका रुकुममा १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भने, सुर्खेत अस्पताल प्रादेशिक अस्पताल प्रयोगशालामा ३ जना, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा २ जना र सेती प्रादेशिक अस्पताल प्रयोगशालामा ५ जनामा कोरोना संक्रमण देखिएको छ ।

आजसम्म १६७१९ जनामा कोरोना संक्रमण पुष्टि भएकोमा ८२३९ एक्टिभ केस रहेको मन्त्रालयले जनाएको छ । २४ घण्टामा ४३१ रियल टाइम पिसिआर टेस्ट गर्ने सार्क देशहरुमा नेपाल अफगानिस्तान, बंगलादेश, पाकिस्तान र भारतभन्दा अगाडी रहेको मन्त्रालयको भनाई छ । नेपालले पछिल्लो २४ घण्टामा ३६८४ जनाको पिसिआर टेस्ट गरेको छ । भने, २४ घण्टामा ४३१ जना कोरोना उपचार पछि डिस्चार्ज भएका छन् ।

हालसम्म उपचारपछि निको हुनेहरुको संख्या ८४४२ पुगेको छ । अहिलेसम्म मुलुकमा विभिन्न क्वारेन्टाइनमा रहनेहरुको संख्या २४०९७ रहेको छ भने, आइसोलेसनमा रहनेहरुको संख्या ८२३९ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

अहिलेसम्म कोरोना संक्रमणबाट ३८ जनाको मृत्यु भएको छ । ५ सय बढि संक्रमित हुने जिल्लाहरु ५ वटा रहेका छन् । महोत्तरी, रौतहट, पाल्पा, अछाम, र बाजुरामा ५ सय बढि संक्रमितको संख्या रहेको छ । मुलुकका ६ वटा जिल्लाहरु कोरोना मुक्त भएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *