म्याग्दी पहिरो अपडेट : १३ जनाको शव भेटियो, १८ जना अझै बेपत्ता-खोजी कार्य जारी

काठमाडौं । म्याग्दीको धवलागिरि र मालिका गाउँपालिकामा पहिरोमा परेर हराइरहेकामध्ये १३ जनाको शव भेटिएको छ ।

धवलागिरि गाउँपालिकामा ९ र मालिका गाउँपलिकामा ४ जनाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय म्याग्दीका डिएसपी किरणजङ्ग गुरुङले बताए ।

उनका अनुसार पहिरोमा परेर अझै १८ जना बेपत्ता नै छन् । उनीहरुको खोजी कार्य जारी छ । गत २५ असारको राति परेको वर्षापछि म्याग्दीका धवलागिरि र मालिका गाउँपालिकासहित विभिन्न ठाउँमा बाढी र पहिरोले क्षति पुर्‍याएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty + nineteen =