सरकारले वैदेशिक रोजगारी खुल्ला गरेसँगै १८ सय नेपाली विदेशिए

काठमाडौं । सरकारले बन्दाबन्दी (लकडाउन्) आंशिक रुपमा खुला गरी वैदेशिक रोजगारी खुला गरेलगत्तै करिब १८ सय नेपाली रोजगारीका लागि विदेशिएका छन् ।

वैदेशिक रोजगार विभागको काठमाडौं कार्यालयको तथ्यांकअनुसार शुक्रबार (आज)सम्ममा १ हजार ७ सय ८२ जना नेपालीले पुनः श्रम स्वीकृति लिएका हुन् ।

सरकारले गत १८ असारदेखि वैदेशिक रोजगारीमा जानेलाई पुनः श्रम स्वीकृति दिन थालेको हो । नयाँले जान नपाउने भएपनि यसअघि गएर आएकालाई पुनः श्रम स्वीकृति दिन थालिएको हो ।

कार्यालयका अनुसार सरकारले खुल्ला गरेपछि एक सय ९६ महिला र बाँकी पुरुषले श्रम स्वीकृति लिएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *